लकडाउनको आज चौथों दिन पनि, नेपालीहरु फेस्बुकमा पुरानो फोटो बुस्ट गरेर बिताए !


सुर्खेत,
आज देशभर लकडाउनको चौथों दिन पुग्दा नेपाली युवाले, युवती “केही काम गर्न नपाएर” आफ्नो साथी-भाइ ,दिदी-बहिनी र साथै आफूलाई पढाउने सरलाई पनि छोडेको छैन। पुरानो फोटो हेर्दै र अरुको पनि फेस्बुक वालमा ल्याएर नेपालीहरु रमाइलो गर्दै छन।
सबैमानिसले आफ्नो उतिबेलाको समय र आफ्नो फोटो हेर्दै मुस्कुराउने र सम्झिने गरेको सुन्न मा आयको छ भने कतीले त आफ्नो फोटो हेरेर तर्सेको पनि सुन्नमा आयको छ |
कोरोनको प्रकोपले घर बस्दा दिक्क लागेर मानिसले यस्तो गरेको पाएको छ |
कमेन्ट का केहि उदाहरणहरु :
1.     रक्सीमा त्यो नसा कहाँ छ ? जुन नसा हजुरको यो अविश्वसनीय तस्विर मा छ😍😍। मेरो side मा बसेको साथीले हजुरको यस्तो नसालु photo देख्यो अनि mobile को screen चाट्न थाल्यो र अहिले ऊ पुरै ज्यापमा छ🙄 हजुरको यस्तो चमत्कारी तस्विरको दर्शन पाए अब मेरो आँखा को कुनै अरु उदेश्य रहेन😊शायद हजुरले यो comment पढ्दा सम्म मैले मेरो आँखा दान गरि सकेको हुन्छु होला😍😍यस्तो चमत्कारी तस्विर हाम्रो समक्ष पेश गर्ने ति अदभुत हातहरु कहाँ छन?ती हातहरु काटेर हामी ती हातहरु लाई नदि मा फाल्न चाहन्छौं ।😊किन भने संसारमा यस्तो किसिमको चमत्कार फेरी नदोहोरियोस 😍😍

2.  लियोनाद्रो दा भिन्चीले बनायेको मोनालिसाको तस्बिर पनि फिक्का लाग्छ यो तस्बिर हेरेर। अब छिट्तै भियेना को सङ्रालयमा यो तस्बिर राख्ने तयारी हुँदै छ। लिलाम बडाबड को लागि टोलि नेपाल आउने सुचना प्राप्त भाको छ।😉

3.   हिरो को बाउलाई गुन्डाले मारिदिने,पछि हिरो ठुलो भएर शहर पुग्ने र एउटा केटि सगं लप पर्ने केटिको बाउ चाहि हिरोको बाउलाई मार्ने गुन्डा हुने । हिरो र हिरोईन खोलाको छेउमा, गोदावरी तिर २/३ वटा गितमा नाच्ने । हिरोनिको बाउलाई थाहा हुने र केटालाई मार्न लगाउने ।अन्तिममा हिरोको आमालाई र बैनिलाई किन्डयाप गरेरे चोभारको डाडामा डोरिले बाधेर राख्ने हिरो आएर बचाउने अनि गुन्डालाई मार्न लाग्दा पुलिसको गाडिको साईरन बज्ने र गुन्डा जेल चलान हुने । हिरो हिरोनि अंगालो हाल्ने अनि फ़िल्म सक्कने यो काहानि बन्दा राम्रो लाग्यो यो फोटो मलाई।।😂🔥😆🤣🤣

4.   " जे पर्छ, टर्छ ! तनाव नलिऊँ । मुस्कुराऊँ । साथीभाई छक्क पर्लान्- तैपनि, नमस्ते गरौँ 🙏र साबुन पानिले मिचिमिची हात धोऔ | "जनहितमा जारि संदेश

घर भित्र बस्नु परेको र बस्दा बस्दा अल्छि लागेकोले सो कार्य गरेको बताए।
सबैजना घर भित्र बसि रमाइलो गर्दै गर्नु होला हाम्रो अनुरोध ।

स्वास्थ रहनुस , परिवारसंग समय बिताउनु होस।
धन्यवाद !!


Comments